काठमाडौं - धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए\नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उनीहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पु-याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतकका परिवारका…