काठमाण्डु – वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको भन्दै उजुरी परेको छ । कोभिड उपचारका लागि खरिद गर्न लागिएको स्वास्थ्य सामग्री खरिदमा सेटिङमा टेन्डर आह्वान गरेको भन्दै उनीविरुद्ध वीर अस्पताल कर्मचारी परिवारले उजुरी दिएका हुन् । सरकारले केहि समयअघि कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै वीर अस्पताललाई कोभिड यूनिफाइड…