काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा सोमबार रातिदेखि सकिँदैछ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय लिनेछ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको आज अपराह्न वा भोलिबिहानसम्म छलफलमा बस्ने जनाए । उनले २५ भन्दा कम सिट भएका सवारी साधनलाई समेत चल्न दिने सम्बन्धमा निर्णय गर्ने तयारी भएको बताए ।…