काठमाण्डु – नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ औपचारिक रुपमा विभाजित भएको छ । शनिबार नेकपा एमालेका नेता माधव कुमार नेपालको उपस्थितिमा काठमाण्डुमा सम्पन्न भेलाले अलग्गै नेतृत्व चयन गरेसँगै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ औपचारिक रुपमा विभाजित भएको हो । भेलाले राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति…