काठमाण्डु – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आइरहेको बेला बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने बुझिएको छ । संक्रमण दर उकालो लागिरहेको…