काठमाण्डु – कुक्भमेलामा सहभागी सयौं भक्तजन कोरोना संक्रमित भएका छन् । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । प्रत्येक १२ वर्षमा लाग्ने महाकुम्भ मेला दुई महिनासम्म चल्ने गर्छ । सो मेलाको एउटा मुहूर्तमा मंगलबार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए…