काठमाण्डु – गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको आकस्मिक बैठक बसिरहेको छ । देशका विभिन्न क्षेत्र र सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको आकस्मिक बैठक सिंहदरबार बसेको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बैठकमा सिन्धुपाल्चोक लगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको बताए ।…