काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६१ जनामा परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने ३८२ जना संक्रमणमुक्त भएका…