अक्सिजन अभावमा वीरमा १२ र ट्रमामा ६ को मृत्यु

काठमाण्डु -  ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बिहीबार बिहानै फेसबुकमा अक्सिजन अभावको स्टाटस लेखे– ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भयो । ट्रमा सेन्टरमा १ सय ५ जना बिरामी छन् । कृपया सहयोग चाहियो ।’ अस्पतालमा बिहीबार ६ जनाले ज्यान गुमाए । ट्रमामा लिक्विड अक्सिजनको सिलिन्डर छ तर बुधबारै अक्सिजन सकिएपछि सिलिन्डरको भर पर्नुपरेको थियो । ‘रातभरि…