काठमाण्डु - पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले बर्दिया, कैलाली र कञ्चनपुरका केही क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लगातार वर्षाका कारण कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकाले…