जनकपुर - रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा गएकी छन् । महोत्सवमा गएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन्। विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ। राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन…