काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी सुरुवात गरेको छ । काठमाण्डुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले जित हात पारेकी हुन् । रञ्जुले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउदा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।…