काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सांसदहरूले राखेको जिज्ञासाको जवाफमा मन्त्री पौडेलले अमूर्त सम्पदाको संरक्षणको महत्वपूर्ण पक्ष आर्थिक उपार्जनको…