काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले कहिल्यै पनि ऋण लिनै नहुने अभिव्यक्ति नदिएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले ऋणको विरोध कहिल्नै नगरेको जिकिर गरे । कुल गार्हस्थ उत्पादन (जिडिपी) को वृद्धिसँगै ऋण बढ्दा अर्थमन्त्रमा नकारात्मक नभई सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो…