काठमाडौं – आइतबार बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको गाडी प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो ।…