रमेश लम्साल काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कम्पनी टेक्सम्याकोकामा उच्च अधिकारीसँग छलफल गरेका छन् । राष्ट्रिय गौरवका रूपमा…