वीरेन्द्र सैनिक अस्पतालका प्रमुख कुवँरलाई सैनिक मुख्यालय तानियो

काठमाण्डु - नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालका प्रमुख सहायकरथी भुवन कुवँरलाई जगेडामा पठाइएको छ । ४ महिनाअघि सहायकरथी भरत भण्डारीलाई हटाएर अस्पतालको प्रमुख बनाइएका कुवँरलाई प्रधानसेनापति अशोक सिग्देलको आदेशमा सैनिक सचिवको अफिसको जगेडा दरबन्दीमा राखिएको हो । ‘सामान्यतया अस्पतालबाट हटाइएपछि डिजिएमएसमा सरुवा हुनुपर्ने हो । तर, उहाँलाई जगेडामा पठाइएको छ । त्यसैले पनि उहाँमाथि छानविन…