यसपालि दशैंतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपालि दशैंतिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ । आईतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताए । उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ ।…