विराटनगर – भ्रष्टाचार विरोधी अभियान्ता प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेल विराटनगरस्थित आफ्नै कार्यकक्षमा कुटिएका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्रा भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयलाई लिएर विवाद…