ललितपुर – भारतले जारी गरेको नयाँ नक्साको विरोध गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरु बिरोधमा उत्रिएका छन् । कुपण्डोलस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आबद्ध विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै नेपालको राष्ट्रिय झण्डा बोकेर बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन् । लामो कपाल, कम्ब्याट ड्रेस लगाएका एक आक्रोशित युवाको नेतृत्वमा निस्किएको उक्त जुलुसमा कलेज ड्रेस लगाएका…