जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

सिन्धुपाल्चोक - उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्न बताएका छन्। सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयाैं बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए…