वालिङ – “बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?”, वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो । शनिबार उच्च अदालत पोखराले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘न्यायिक बाह्य संवाद’ अर्थात समुदायमा अदालतअन्तर्गत अन्तरक्रियात्मक कार्यक्रममा वडाध्यक्ष थापाले वडा कार्यालयमा कार्य सम्पादन गर्ने क्रममा देखिएका समस्याबारे…