काठमाडौं -मुलुकको सबैभन्दा पुरानो केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकिलले बयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो। केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिए । ‘सबै अदालतमा…