बोक्सी भन्दै प्रहरी हवल्दारले आफ्नै काकीलाई कुटेपछि…

जनकपुर – सप्तरीमा बोक्सीको आरोपमा एक महिला कुटिएकी छन् । डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवलाई आफ्नै भतिजा कमलदेव यादवले बोक्सीको आरोप लगाउँदै पटक–पटक कुटपिट गर्दै आएको पीडितको आरोप छ । कुटपीट गर्ने आरोपित यादव नेपाल प्रहरीको हबल्दार पदमा कार्यरत छन् । पीडित जशोधियादेवीले नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन आयोजना गरी भतिजा…