भक्तपुरबाट यस्तो देखियो सूर्यग्रहण

काठमाडौं – आज नेपालमा खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । यो सूर्यग्रहण नेपालसहित भारत,चीन,थाइल्याण्डलगायत एशियाका सबै देश, दक्षिण पूर्वी युरोप, युएई, कंगो, इथोपिया र अफ्रिकाका केही स्थानबाट देख्न सकिनेछ । भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ मा सूर्यग्रहण देखिएको छ । नेपालमा १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अवरान्ह दुई बजेर २३ मिनेटमा समाप्त हुनेछ…