काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत जबरा आज बिहान डिस्चार्ज भएका हुन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर जबरालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् । निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि उनी गएको मंगलबार एपीएफ अस्पताल…