काठमाण्डु - ट्राफिक प्रहरीले उपत्यकामा ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकललाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले…