मंसिर १४ मा तीनवटै तहको उपनिर्वाचन

काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको मिति तय गरेको छ। तीनवटै तहका ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय आयोगको बैठकले गरेको हो। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार विभिन्न ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४१, प्रदेश सभा…