चितवन- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए । मन्त्री पुनले सो कामका लागि चालू आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताए ।…