काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले आन्दोलन नगर्न राजावादीहरुलाई आग्रह गरेको छ । केही दिनदेखी राजावादीहरुले काठमाण्डुमा प्रर्दशन गर्दै आइरहेका छन् । ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको…