वाग्मतीका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सकलाई तालीम

चितवन – वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने…