डडेल्धुरामा पहिरोले पुरेर एकको मृत्यु, २ जना घाइते 

काठमाण्डु - लगातार परेको बर्षासँगै आएको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।  स्रोतका अनुसार अहिलेसम्म एक जनाको मृत्यु भएको मात्रै जानकारी पाइएको छ । त्यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन् ।…