राजतन्त्रको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाण्डु - काठमाण्डु उपत्यकामा शनिबार राजतन्त्रकाे माग गर्दै प्रदर्शन भएको छ । पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड…