कर्णाली राजमार्ग अवरुद्ध

मान्म - शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “अवरुद्ध राजमार्ग…