काठमाण्डु - अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) को २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । गएराती बाढीले डाइभर्सन बगाएपछि पूर्णरूपमा राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए । वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली,…