काठमाण्डु - वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता गठिने सम्भावना रहेको औँल्याउँदै विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले अनुगमनलाई निरन्तरता दिइने बताए । “नियमित बजार अनुगमनका क्रममा समेत अुनचित क्रियाकलाप वृद्धि हुँदै गएको छ, दशैँ बिदाको समयमा अनुगमन…