सैनिकलाई आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा

चितवन – चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ ।…