नक्सालस्थित चौरमा रहेको कारमा आगजनी, दुई जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१ नक्साल, भगवती वहालस्थित चौरमा रहेको एक कारमा आगजनी भएको छ । विगत ८–९ महिनादेखि नचलाई राखेको बा.२ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कारमा शनिबार दिउँसो आगजनी भएको हो । आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको छ । आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा…