झापा – आज असार १५ गते अर्थात धान दिवसको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भएपछि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपेका…