दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

खोटाङ - खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालबीच नेटवर्कमा गठित समितिले दिक्तेलबजारस्थित माटीकोरे कभर्डहलस्थित क्वारेन्टिनको अनुगमन गरेको हो । मङ्गलबार बिहान गरिएको अनुगमनको क्रममा पर्याप्त शौचालय (चर्पी) नभएको पाइएको समितिका…