चितवन - समुदाय-प्रहरी साझेदारी अन्तर्गत चितवनस्थित नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त तत्वावधानमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशिल र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको…