ओखलढुंगा – भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी…