सुनसरी - नर्सिङ टप्पु गाउँपालिका-८ मा वेवारिसे अवस्थामा फेला परेको मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जीन १ थान बुधबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा हातहतियार रहेको भन्ने स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पश्चात जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी नर्सिङ टप्पुबाट संयुक्त रुपमा…