काठमाडौं – कोरोना भाइरसको सक्रमणबाट बच्न दक्षिण कोरियास्थित नेपालीलाई दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला सियोलस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरेर नेपालीहरूलाई विशेष सतर्क र सजग रहन अपिल गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको…