धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई

कैलाली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढीमा शनिबर आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, “विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलि त्यसको आम्दानी पनि बाँडौँला ।” उनले स्थानीयवासीले दिएका…