भूकम्प प्रभावित ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ । बाँकी ४० प्रतिशत सम्पदा आव २०७८÷७९…