अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङ – माथिबाट आएको लेदो सडकमा जमेपछि आज रातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको थियो । लेदोमा केही सवारीसाधन समेत फँसेका थिए । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो…