काठमाडौं—नेपाल रेडक्रस सोसाइटी जिल्ला प्रशासन कार्यालय काठमाडौँविरुद्ध अदालत जाने भएको छ। प्रशासनले आइतबारबाट निर्देशनात्मक पत्र जारी गर्दै सोमबारदेखि वैशाख २५ गतेसम्म सुनसरीमा आह्वान गरिएको महाधिवेशन रोक्न निर्देशन दिएको थियो। रेडक्रसको सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार उक्त पत्रका विरुद्ध कानूनी उपचारका लागि अदालत जाने निर्णय भएको छ। महाधिवेशनका प्रतिनिधिको दर्तालगायत महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको र…