काठमाण्डु – खाडी मुलुकमा काम गर्न जाने महिलाहरु परिवारका सदस्यबाटै बेचिने गरेको खुलासा भएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरेले परिवारका सदस्यबाटै नेपाली महिलाहरु बेचिने गरेको तथ्य खुलासा गरेका हुन् । उनले साउदी अरबस्थित नेपाली दूतावासमा चार वर्ष काम गर्दाको अनुभव सेयर…