काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट बाराका दुई जनाको मृत्यु भएको छ । दुवै जना संक्रमितको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको थियो । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् । नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले ६५ वर्षीय पूर्व गाविस अध्यक्ष र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमराका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी…